काठमाडौं । उत्तर कोरियाको नयाँ नौसैनिक युद्धपोत प्रक्षेपणका क्रममा दुर्घटना भएको छ । पूर्वी बन्दरगाह शहर चोङजिनमा पाँच हजार टनको जहाज प्रक्षेपण गर्ने समारोहमा गम्भीर दुर्घटना भएको कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
प्रक्षेपण समारोहमा ठूलो दुर्घटना भएको सरकारी मिडियाले उल्लेख गरेको छ । युद्धपोत प्रक्षेपण समारोहमा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन पनि सहभागी थिए । किमले पूरै घटना हेरेको र यो ‘सहन सकिँदैन’ भनेर चेतावनी दिँदै ‘पूर्ण लापर्बाहीका कारण भएको आपराधिक कार्य’ घोषणा गरेको खबरमा उल्लेख छ । उनले जिम्मेवार अधिकारीहरूको गैरजिम्मेवार गल्तीलाई अर्को महिना बोलाइने पार्टी केन्द्रीय समितिको पूर्ण बैठकमा सम्बोधन गरिने बताए ।
युद्धपोत दुर्घटना हुँदा तल्लो भाग कुच्चिएको छ । उत्तर कोरियाले यो युद्धपोत सबैभन्दा शक्तिशाली हतियारले सुसज्जित रहेको र अर्को वर्षको सरुमा सञ्चालनमा आउने दाबी गरेको छ । उत्तर कोरियाले गएको वर्ष पनि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको उल्लङ्घन गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो ।
प्रतिक्रिया