मेष (Aries) - चू, चे, चो, ला, लि, लु, ले, लो, अ
आज दाम्पत्य वा प्रेम जीवन सुखमय र सुमधुर रहनेछ। कार्यक्षेत्रमा आफ्ना सहकर्मी तथा प्रतिनिधि जनको पूर्ण सहयोग प्राप्त हुनेछ। अधिकार प्राप्तिका लागि गरिएका प्रतिस्पर्धा वा वादविवादमा विजय मिल्नेछ। तर, खानपानको असावधानीले स्वास्थ्यमा केही गडबडी आउन सक्ने भएकाले सतर्क रहनुहोला।
वृष (Taurus) - इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज परिवार वा कार्यक्षेत्रमा आकस्मिक विवाद हुने सम्भावना देखिन्छ। छरछिमेकी वा सहकर्मीसँग बोल्दा बोलीचालीमा विशेष सहजता र शालिनता अपनाउनुहोला। कार्यक्षेत्रमा आफन्तहरूको राम्रो साथ सहयोग मिल्नेछ। तपाईले गर्नुभएको मेहनत र श्रमको उचित मूल्याङ्कन हुने दिन छ।
आजको दिन कार्य र उत्साहमा केही कमी महसुस हुन सक्छ। परिवारभित्रका सानातिना मनमुटाव र असमझदारी सुल्झाउन बढी समय बित्नेछ। व्यापार व्यवसायमा कुनै पनि नयाँ वा ठुलो निर्णय लिनु अघि उपयुक्त समयको पर्खाइ गर्नु नै बुद्धिमानी हुनेछ। आज अरूलाई विनाकारण सल्लाह दिनबाट बच्नुहोस्।
कर्कट (Cancer) - हि, हु, हे, ho, डा, डि, डु, डे, डो
सामाजिक उत्तरदायित्व वा परोपकारी कार्यहरू सम्पादन गर्नमा केही धन खर्च गर्नुपन्रने स्थिति आउन सक्छ। सरकारी वा प्रशासनिक क्षेत्रबाट भने सोचे जस्तै लाभ मिल्न सक्छ। विद्यार्थीहरूका लागि नयाँ ज्ञान र सिप सिक्ने राम्रो अवसर मिल्नेछ। व्यापार व्यवसायमा पुराना अनुभवको भरपूर लाभ उठाउन सकिनेछ।
सिंह (Leo) - मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन धन आर्जन तथा आर्थिक लाभका दृष्टिले राम्रो छ। तर, आफ्नो बोलीको कठोरता वा असंयमका कारण केही अप्ठ्यारो वा प्रतिकूल परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। धार्मिक वा आध्यात्मिक कार्यमा सहभागी भएमा दिन सहज र शान्तमय बित्नेछ। पारिवारिक सुख मिल्नेछ।
कन्या (Virgo) - टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
तपाईंका लागि आजको दिन निकै फलदायी र राम्रो रहनेछ। विशेष गरी कृषि वा भूमि सम्बन्धी व्यापार व्यवसायबाट राम्रो आम्दानी हुने योग छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य सुधार आउनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-प्रतिष्ठा र पदोन्नति हुने सम्भावना छ।
तुला (Libra) - रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज यात्राको योग देखिए पनि अनावश्यक यात्राले खर्च र मानसिक तनाव बढाउन सक्छ। सानो कामको लागि पनि बढी मिहिनेत गर्नुपर्नेछ। लेनदेनको मामिलामा अलि सजग रहनुहोला। बेलुकीपख भने आकस्मिक रूपमा रोकिएका अधुरा कामहरू सुचारु हुन सक्छन्।
वृश्चिक (Scorpio) - तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। रोकिएको धन उठ्ने सम्भावना बलियो छ। नोकरी गर्नेहरूका लागि आज सहकर्मीहरूको सहयोगले महत्त्वपूर्ण जिम्मेवारी कुशलतापूर्वक पूरा गर्न मद्दत मिल्नेछ।
धनु (Sagittarius) - ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
नयाँ कामको प्रस्ताव आउन सक्छ र कार्यक्षेत्रमा तपाईंको प्रशासनिक क्षमताको प्रशंसा हुनेछ। अभिभावक वा वरिष्ठ व्यक्तित्वको मार्गदर्शनले महत्त्वपूर्ण निर्णय लिन सहज हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नुका साथै नयाँ पदभार मिल्ने बलियो योग छ।
मकर (Capricorn) - भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
आज धार्मिक तथा परोपकारी काममा रुचि बढ्नेछ। लामो दूरीको यात्रा वा वैदेशिक कार्यका लागि आजको दिन अनुकूल रहन सक्छ। भाग्यले साथ दिने हुनाले थोरै प्रयासले पनि रोकिएका कामहरू बन्नेछन्। स्वास्थ्य बलियो रहनेछ।
कुम्भ (Aquarius) - गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज स्वास्थ्यमा केही मन्दी आउन सक्ने भएकाले आहारविहारमा विशेष ध्यान दिनुहोला। चुनौती र अड्चनहरू आइलाग्ने समय रहेकाले गोपनीयतामा जोड दिनुहोस् र विवादबाट टाढै रहनुहोस्। सवारी साधन चलाउँदा विशेष सावधानी अपनाउनु आवश्यक छ।
मीन (Pisces) - दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
दाम्पत्य जीवनमा मधुरता छाउनेछ र मनोरञ्जनात्मक यात्राको योग बन्नेछ। नयाँ व्यावसायिक साझेदारी वा सम्झौताका लागि आजको दिन फलदायी रहनेछ। भौतिक साधन तथा विलासिताका वस्तुहरू खरिद गर्ने अवसर मिल्न सक्छ।
प्रतिक्रिया