आज शनिबार - शनिदेव को दिन। न्याय, मेहनत, कर्म को दिन। कालो तिल, कालो कपडा र शनिदेवलाई तेल चढाउँदा राम्रो। हतार नगर्नु, बिस्तारै काम गर्नु।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज काममा ढिलाइ हुन्छ। हाकिमले गाली गर्न सक्छ, रिस नगर्नु। बेलुका साथीले मद्दत गर्छ।
शुभ: शनिदेव लाई कालो तिल चढाउनु
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज भाग्यले साथ दिन्छ। ठुलो मान्छे भेटिन्छ। विदेशको काम बन्छ। घुम्न जाने योग।
शुभ: कालो छाता दान गर्नु
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज गोप्य कुरा बाहिर आउँछ। गाडी चलाउँदा होसियार हुनु। पेट दुख्न सक्छ, तातो पानी खानु।
शुभ: धेरै नबोल्नु
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज श्रीमती/पार्टनरसँग रमाइलो। व्यापारमा फाइदा। नयाँ सम्झौता बन्छ।
शुभ: जीवनसाथीलाई समय दिनु
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज शत्रु धेरै हुन्छन्। कामको बोझ बढ्छ। रोगले सताउन सक्छ। धैर्य गर्नु, बेलुका सबै ठीक हुन्छ।
शुभ: हनुमान चालिसा पढ्नु
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज बुद्धि तेज। पढाउने काममा सफलता। बच्चाबाट खुसी। नयाँ आइडिया आउँछ, लेख्नु।
शुभ: विद्यार्थीलाई केही सिकाउनु
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज घरमा झगडा पर्न सक्छ। आमासँग मीठो बोल्नु। जग्गाको काममा ढिलाइ हुन्छ।
शुभ: आमालाई ढोग्नु
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज हिम्मत बढ्ने दिन। दाजुभाइले साथ दिन्छन्। छोटो यात्रा हुन्छ। बोलीले सबैलाई जित्नु हुन्छ।
शुभ: दाजुभाइलाई फोन गर्नु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज पैसा आउने तर खर्च पनि धेरै। बोलीमा मिठास राख्नु। परिवारमा मीठो भोजन हुन्छ। पासपोर्टको काम भोलि गर्नु भन्दा आज बुझ्न मात्र राम्रो।
शुभ: खल्तीमा कालो धागो राख्नु
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज तपाईंकै मालिक शनि को दिन। तपाईंकै दिन। मेहनतको फल मिल्छ। नाम, इज्जत बढ्छ। रोकिएको काम बन्छ।
शुभ: ७ मुखे रुद्राक्ष धारण गर्नु, शनिदेव लाई तेल चढाउनु
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज पनि तपाईंकै मालिक शनि को दिन। खर्च धेरै, तर मन शान्त। विदेशको काम बन्छ। ध्यान गर्नु।
शुभ: गरिबलाई खाना खुवाउनु
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज इच्छा पुरा हुने दिन। साथीले पैसा दिन्छ। ठुलो सपना पुरा हुन्छ। फेसबुकबाट ग्राहक आउँछ।
शुभ: ॐ शं शनैश्चराय नमः २१ पटक जप्नु
आजको विशेष: शनिबार भएकोले ७ मुखे रुद्राक्ष, १० मुखे रुद्राक्ष, १४ मुखे रुद्राक्ष को व्यापार गर्न र धारण गर्न एकदम राम्रो दिन हो। मकर र कुम्भ राशिलाई आज सुन जस्तो दिन छ।
प्रतिक्रिया