डोल्पा। जिल्ला कारागार डोल्पाबाट सुरुङ खनेर फरार भएका आठ जना कैदीबन्दीमध्ये छ जनालाई प्रहरीले पक्राउ गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका-४ रङगाउँमाथिको जङ्गलमा लुकिछिपी बसेको अवस्थामा थप दुई जना कैदीबन्दी नियन्त्रणमा आएसँगै पक्राउ पर्नेको सङ्ख्या छ पुगेको हो।
पछिल्लो पटक जङ्गलमा लुकेको अवस्थामा त्रिपुरासुन्दरी-४ डोल्पाका हरिबहादुर बुढा र जाजरकोटका यज्ञ विक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीका अनुसार पछिल्लो पटक पक्राउ परेका बुढा र विक दुवै जना जबर्जस्ती करणी (बलात्कार) मुद्दामा कैद भुक्तान गरिरहेका कैदी हुन्।
चरणबद्ध रूपमा समातिए फरार कैदी
गत कात्तिक १४ गते डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दीहरू एकाएक फरार भएका थिए। त्यसलगत्तै कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय डोल्पाले विशेष सर्च अपरेसन चलाएको थियो।
प्रहरीका अनुसार कैदीबन्दीहरू विभिन्न मितिमा यसरी पक्राउ परेका छन्:
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता सन्तोषसिंह राठौरका अनुसार सुरुङ खनेर फरार भएकामध्ये अब दुई जना मात्रै बाहिर रहेका छन्। फरार बाँकी दुई जना कैदीबन्दीको पहिचान खुलाएर उनीहरूको खोजीका लागि जिल्लाका सबै नाका तथा सम्भावित स्थानहरूमा प्रहरी परिचालन गरी खोजीकार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया