×

अफगानिस्तानमा भूकम्पबाट आठ जनाको मृत्यु, १८० भन्दा बढी घाइते

images

काठमाडौँ । उत्तरी अफगानिस्तानमा गएको भूकम्पमा कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरूका अनुसार मृतकको संख्या बढ्ने अनुमान गरिएको छ । अधिकारीहरूले प्रभावित क्षेत्रहरूमा राहत र उद्धार कार्य भइरहेको जानकारी दिएका छन् । भूकम्पबाट लगभग १८० जना घाइते भएको बताइएको छ । गएराती अफगानिस्तानको मजार-ए-शरीफ क्षेत्रमा भूकम्प गएको थियो । यस क्षेत्रमा करिब पाँच लाख मानिसहरू बसोबास गर्छन् ।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्प ६.३ म्याग्निच्युडको थियो र यसको गहिराइ २८ किलोमिटर थियो । तालिबान प्रवक्ता हाजी जैदले बाल्ख प्रान्तको शोलगारा जिल्लामा धेरै जना घाइते भएको बताएका छन् । उनका अनुसार, अग्ला भवनहरूबाट खसेर धेरैजसो मानिसहरू घाइते भएका छन् ।

 

सोमबार १८ कात्तिक २०८२ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया