×

आज २०८३ साल मंसिर १ गते मंगलबार को राशिफल

images

आज मंगलबार - हनुमान जी र मंगल ग्रह को दिन। रातो कपडा लगाउनु, हनुमान चालिसा पढ्नु, मसुरो दाल / रातो कुरा दान गर्नु एकदम राम्रो। आँट, साहस बढ्ने दिन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईंकै मालिक मंगल को दिन। तपाईंकै दिन। हिम्मत, आँट बढ्छ। शत्रु हार्छन्। काममा जित हुन्छ। व्यापारमा फाइदा।
शुभ: ३ मुखे रुद्राक्ष धारण गर्नु, हनुमान मन्दिर जानु

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज खर्च धेरै हुन्छ। मनमा डर लाग्छ। धेरै नबोल्नु, झगडा पर्न सक्छ। बेलुका पैसा आउँछ।
शुभ: धेरै नसोच्नु

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज इच्छा पुरा हुने दिन। साथीले पैसा दिन्छ। ठुलो सपना पुरा हुन्छ। फेसबुकबाट ग्राहक आउँछ।
शुभ: ठुलो मान्छेलाई भेट्नु

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज काममा पद बढ्छ। हाकिम खुसी हुन्छ। व्यापारमा इज्जत बढ्छ। आमाबाट आशिर्वाद मिल्छ।
शुभ: सेतो कपडा लगाउनु

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज भाग्यले साथ दिन्छ। गुरुले मद्दत गर्छन्। टाढा यात्रा हुन्छ। रुद्राक्ष व्यापारमा फाइदा।
शुभ: पहेंलो कपडा लगाउनु

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज गोप्य कुरा बाहिर आउँछ। गाडी चलाउँदा होसियार हुनु। पेट दुख्न सक्छ। हतार नगर्नु।
शुभ: धेरै नबोल्नु

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज श्रीमती / पार्टनरसँग रमाइलो। व्यापारमा नयाँ सम्झौता बन्छ। घुम्न जाने योग।
शुभ: जीवनसाथीलाई समय दिनु

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज तपाईंकै मालिक मंगल को दिन। शत्रु हार्छन्। रोग निको हुन्छ। कामको बोझ बढ्छ तर सबैले तारिफ गर्छन्।
शुभ: ३ मुखे रुद्राक्ष धारण गर्नु, रातो कपडा लगाउनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज छोराछोरीबाट खुसी मिल्छ। पढाइमा मन जान्छ। प्रेममा रमाइलो। व्यापारमा फाइदा।
शुभ: बच्चालाई माया गर्नु

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
आज घरमा रमाइलो। आमाबाट आशिर्वाद मिल्छ। जग्गा, घर, गाडी किन्ने कुरा बन्छ। मन शान्त हुन्छ।
शुभ: आमालाई मीठो खुवाउनु

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज हिम्मत बढ्ने दिन। दाजुभाइले साथ दिन्छन्। छोटो यात्रा हुन्छ। बोलीले सबैलाई जित्नु हुन्छ।
शुभ: दाजुभाइलाई फोन गर्नु

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज पैसा आउने दिन। पुरानो पैसा उठ्छ। व्यापारमा फाइदा। परिवारमा मीठो भोजन हुन्छ।
शुभ: बोलीमा मिठास राख्नु

आजको विशेष: मंसिर १ गते मंगलबार भएकोले ३ मुखे रुद्राक्ष धारण गर्न, हनुमान चालिसा पढ्न र रातो कुरा दान गर्न एकदम राम्रो दिन हो। मेष र वृश्चिक राशिलाई आज सुन जस्तो दिन छ।

मङ्गलबार २ मंसिर २०८३ ०६:४० AM मा प्रकाशित

प्रतिक्रिया