काठमाडौँ । नेपाली प्रहरीले ठुलो संख्यामा भर्ना खोलेको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै १५५३ प्रहरी जवान, प्रहरी कार्यालय सहयोगीतर्फ हजाम ११ जना, कुचीकार १५ जना र खेलाडी १५ जना गरी १५९४ जनाको भर्ना खोलेको हो ।
सूचनामा प्रहरी जवानका लागि न्यूनतम शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ ।
प्रहरी जवानमा योग्यता पुगेका नेपाली नागरिकले यहि असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म तोकिएको केन्द्रमा स्वयम् उपस्थित भई दरखास्त फाराम बुझाउन सकिने उल्लेख छ । आवेदन सातै प्रदेशका प्रदेश प्रहरी कार्यालय, सबै जिल्ला प्रहरी कार्यालय र काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रहरी परिसरबाट दिन सकिने छ ।
त्यसैगरी खेलाडीको हकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौंमा आवेदन बुझाउन सकिने छ ।
नयाँ भर्नाको सुचना यस लिंकमा क्लिक गरेर हेर्न सकिन्छ
प्रतिक्रिया