×

बालेन साहविरुद्ध पर्यो निर्वाचन आयोगमा उजुरी

images

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेपाल एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी सामाजिक सञ्जालमा गरेको टिप्पणीबारे निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीमा सामाजिक सञ्जालमार्फत प्रमाणविहीन तथा गम्भीर आरोप लगाएर निर्वाचन आचारसंहिता, विद्यमान कानून र लोकतान्त्रिक बहसको मर्म विपरीत अभिव्यक्ति दिएको आरोप उल्लेख गरिएको छ।

बालेन साहले प्रयोग गरेका शब्द र अभिव्यक्तिले व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने साथै मतदातालाई गलत सन्देश जाने सम्भावना रहेको उजुरीकर्ताको दाबी छ। त्यसैले उनका अभिव्यक्तिको छानबिन गरी आचारसंहिता उल्लंघन ठहरिएमा आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

यसैगरी, महोत्तरीसहितका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको विषयमा पनि आयोगको ध्यानाकर्षण गराइएको छ। 

एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा सबै राजनीतिक दलका प्रमुख नेताहरूबिच पारदर्शी, बौद्धिक र नम्रतामा आधारित विभिन्न डिबेटको प्रस्ताव राख्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए । त्यसको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार शाहले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै ओलीलाई '७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने' जस्ता आरोप लगाएका थिए । 

सोमबार १३ माघ २०८२ ०७:४५ PM मा प्रकाशित

प्रतिक्रिया