×

दुर्घटनामा तीनको मृत्यु

images

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सिन्धुलीटोलमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । 

ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीनै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

 मृत्यु हुनेमा धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ का १९ वर्षीय सुमित टिण्डेवाल र धनुषाकै बिदेह नगरपालिका–६ का २२ वर्षीय अविनाश मण्डलको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिनुभयो । मृतक एकजनाको खनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका तीनै जनालाई उपचारका लागि तत्काल जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा तीनै जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

मङ्गलबार १३ बैशाख २०७९ ०४:२५ PM मा प्रकाशित

प्रतिक्रिया