काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक ७ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंकले घटेर २६२१.२९ विन्दुमा झरेको हो ।
परिसूचकमा सामान्य गिरावट आए पनि कारोबार रकममा भने सुधार देखिएको छ । आज अधिकांश उपसमूह रातो देखिएका छन् भने थोरै समूहमा मात्रै हरियाली छाएको छ ।
आज बैंकिङ समूह ०.४० प्रतिशतले बढ्दै सकारात्मक देखिएको छ । अर्कोतर्फ, होटल तथा पर्यटन समूहमा सबैभन्दा बढी १.३९ प्रतिशतको गिरावट आएको छ । अन्य उपसमूहहरूको सूचक पनि अधिकांश ओरालो लागेका छन् ।
बजार विश्लेषक तथा जानकारहरूले आजको गिरावटलाई सामान्य उतारचढाव तथा करेक्सनका रूपमा लिएका छन् ।
प्रतिक्रिया