×

झापामा बसको ठक्करबाट प्रहरीसहित दुई जनाको ज्यान गयाे

images

 झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरीसहित दुई जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको बसले प्रदेश१–०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

ज्यान जानेमा मोरङ पथरी–शनिश्चरे–८ का २६ वर्षीय प्रकाश राई र भोजपुरको षडानन्दका २६ वर्षीय जितुहाङ राई छन् । मृतक प्रकाश जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी जवान हुन् भने जितुहाङ म्यादी प्रहरी हुन् । ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बुधबार ११ जेठ २०७९ १२:२९ PM मा प्रकाशित

प्रतिक्रिया