×

बलात्कार आरोपी मनोज पाण्डेलाई ५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

images

बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ ।

सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि म्याद लिन प्रहरीले उनलाई आज साेमवार काठमाण्डाै जिल्ला अदालत पुर्‍याएकाे थियो । जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको जनाइएको छ । 

पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी युवतीले सामाजिक सञ्जालमार्फत आफूमाथि ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन् । त्यसपछि पाण्डेलाई पक्राउ गरी कानुनअनुसार कारबाही गर्न सडक, सदन र सामाजिक सञ्जालबाट तीव्र दबाब आइरहेको थियो । 

सोमबार ९ जेठ २०७९ ०५:२१ PM मा प्रकाशित

प्रतिक्रिया