×

नेताहरूकाे कुर्सी मात्रै जाेगाउने राजनीतिक स्थिरताले केही दिँदाे रहेनछ - डा वाग्ले

images

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेताहरूको कुर्सी मात्रै जोगाउने राजनीतिक स्थिरताले केही दिन नसकिने बताउनुभएकाे छ । आफैँले लेखेकाे 'अतृप्त अवसर' पुस्तककाे लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्शमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । 

डा. वाग्लेले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान पद्धति र प्रणालीमा सुधार आवश्यक रहेको उहाँकाे भनाइ छ । 

डा. वाग्लेले भन्नुभयो, ‘आफ्नै कुर्सीमात्रै जोगाउने स्थिरताले त केही दिँदो रहेनछ । नीतिगत सुनिश्चितता चाहिँ हुनुपर्‍याे । सरकारको तीन वर्षे, पाँच वर्षे नहेरौँ । लामो हेरौँ । अर्को नेता विशेषको ओझ, नेता विशेषको करिस्मा भन्दा पनि अन्ततः पद्धति र प्रणालीमा सुधार नगरिकन डेलिभरी हुँदोरहेनछ भन्ने कुरा हामीले निरन्तर देखिराखेको छौँ ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालीन योजना बनाउनुपर्ने बताउनुभयो । विकासका लागि पाँचद वर्षको नभइ २५ वर्षको योजना बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उहाँको भनाइ छ । 

आइतबार​ ८ जेठ २०७९ ०२:५० PM मा प्रकाशित

प्रतिक्रिया