×

ओखलढुंगामा अर्धचेत अवस्थामा १७ वर्षीया किशोरी भेटिइन्

images

ओखलढुंगाको मानेभज्याङ गाउँपालिका–५, ढिमिलेमा १७ वर्षीया किशोरी अर्धचेत अवस्थामा फेला परेकी छन् ।

आइतबार उनलाई सडक किनारमा अर्धचेत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाका प्रमुख डीएसपी सुकदेव खनालले  बताए ।

प्रहरीका अनुसार गएराति आमाबुबासँगै घरमा सुतेकी उनी राति घरबाट निस्किएकी थिइन् । बिहान ५ बजेतिर उनलाई अर्धचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

‘उनको टाउको, नाक र चिउँडोमा चोट देखिएको छ, यहीँ प्रारम्भिक उपचार गरेपछि काठमाडौं रेफर गरिएको छ’ खनालले भने, ‘हेलिकोप्टरमार्फत अहिले पीडितलाई त्रिवि शिक्षण अस्पताल, काठमाडौं पठाइएको छ ।’

प्रहरी र चिकित्सकहरुले प्रारम्भिक जाँचबुझमा उनीमाथि जबरजस्ती करणी भएको हुनसक्ने आशंका गरेका छन् । तर पूर्णविवरण आइनसकेकाले यकिन भइनसकेको डीएसपी खनालले बताए ।

प्रहरीका अनुसार पीडित बोल्न सक्ने अवस्थामा छैनन् । कक्षा ११ मा पढ्ने उनले सामान्य इसारा गरेर ‘केही शंकेत’ गरेको प्रहरीले बताएको छ । त्यसलाई समेत आधार बनाएर प्रहरीले हालै एकजना शंकित व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

आइतबार​ ८ जेठ २०७९ ०६:०९ PM मा प्रकाशित

प्रतिक्रिया