×

उदयपुर : चट्याङ लागेर एक महिलाको ज्यान गयाे

images

उदयपुरमा आज आइतवार बिहान चट्याङ लागेर एक महिलाकाे ज्यान गएकाे छ ।

आज आइतवार बिहान चट्याङ लागेर कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

आफ्नै घरमा बसिरहेकाे अवस्थामा पानी परिरहेकाे बेला चट्याङ लाग्दा बुढाथाेकी घाइते हुनुभएकाे थियाे । बुढाथाेकीलाई उपचारका लागि कटारी अस्पतालमा पुर्‍याएलगत्तै उहाँकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मोहन थापाले जानकारी दिनुभयो ।

आइतबार​ ८ जेठ २०७९ ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया