×

मनसुन ४ वटा प्रदेशमा फैलियो : लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा केही दिन लाग्ने

images

गएको आइतवार नेपाल प्रवेश गरेको मनसुन प्रदेश १, मधेस, बाग्मती हुँदै गण्डकीसम्म पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार देशका बाँकी प्रदेशमा केही दिनभित्रै मनसुनी प्रणाली प्रवेश हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा केही दिनपछि यस वर्षको मनसुन प्रवेश गर्ने अनुमान छ ।

यस वर्ष सरदर मितिभन्दा एक हप्ता अगाडि नै नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गरेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

आज प्रदेश १, मधेस, बाग्मती र गण्डकी प्रदेशमा मौसम बदली रहेको छ । ती क्षेत्रका पहाडी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

शुक्रबार​ २७ जेठ २०७९ ०५:३२ PM मा प्रकाशित

प्रतिक्रिया