×

लैनचाैरमा एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुट्ने २ जना पक्राउ

images

काठमाण्डाैकाे लैनचौरमा एक व्यक्तिबाट ३५ लाख रुपैयाँ लुट्ने दुई जना पक्राउ परेका छन् । 

लैनचौरमा रहेको ब्याडमिन्टन कोर्टनजिक खाजा घरमा पोखराका एक व्यक्तिको साथबाट ३५ लाख रुपैयाँ लुटपाट गर्ने नुवाकोट घर भइ बूढानीलकण्ठ बस्ने पेम्बा तामाङ र दाङ घर भइ काठमाण्डाैकाे मालीगाउँ बस्ने शालिकराम नेपालीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

पीडितलाई विभिन्न प्रलोभनमा पारेर खाजा घरमा बोलाएर लुटपाट गरेकोले उनीहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । लुटपाट घटनामा संलग्न फरार अरू व्यक्तिको पहिचान खुलिसकेकाले उनीहरूलाई पनि पक्राउ गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । 

सोमबार २३ जेठ २०७९ ०५:५३ PM मा प्रकाशित

प्रतिक्रिया