काठमाडौं । भ्रष्टाचार मुद्दा लागेपछि पूर्वप्रधानमन्त्री माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित् भएका छन् । आफ्ना कानून व्यवसायीहरुको साथमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित भएका हुन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि अख्तिया र दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
नेपाल निकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिन सुरु गरेका छन । नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भनिएको छ ।
उनीमाथि पतञ्जली आयुर्वेदका लागि जग्गा खरिद गर्न गैरकानुनीरूपमा हदबन्दी छुट दिएको र उक्त छुट पाएको जग्गा पनि व्यापारिक प्रयोजनमा बेचबिखन गर्न अनुमति दिएको आरोप लगाइएको छ । नेपालप्रधानमन्त्री छँदा उनको मन्त्रिपरिषदले हदबन्दी छुटमा जग्गा खरिद गर्न अनुमति दिने र पछि बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।
प्रतिक्रिया