×

विद्या भण्डारीकी छोरी उषा भन्छिन्- निर्णय र निर्णयमा पुग्न गरिएका तिगडमबाट अच्चमित छैन

images

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी उषाकिरण भण्डारीले नेकपा एमाले केन्द्रीय कमिटीको बैठकको निर्णयबाट अचम्मित नभएको बताएकी छन् ।

सामाजिक सञ्जालमा लेख्दै उषाले निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट आफु अच्चमित नभएको उल्लेख गरेकी छन् । 

उनले भनेकी छन्- 

तपाईंहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परें । तपाईंहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहीं अच्चमित छैन । म खुसी छु कि यो खुला रूपमा बाहिर आयो । अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग !! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक मर्थन गर्न पनि देखिने गरि प्रस्तुत हुंदैन, हामीलाई त आमाले राजनिती गर्न मनछैन भनेपनि सधैं देखिने गरि पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु , टाढा नजानु भन्नुहुन्छ र सोही अनुरुप कोशिश गरियो । तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो, नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउनेरहेछन् । र नैतिक समर्थन खोज्दैनन् पनि । यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो- त्यस कारण यो प्रकरणलाई धन्यवाद !

बुधबार ८ साउन २०८२ ०६:०९ PM मा प्रकाशित

प्रतिक्रिया