लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसीसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो बसेको संसदीय दलको बैठकले (एमसीसी) सम्झौता सदनमा प्रवेश पाएपछि मुलुकमा उत्पन्न समयसामयिक राजनीतिक अवस्थाबारे गहन छलफल गरेको हो ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएक...
सत्ता उल्ट्याउन षडयन्त्र भइरहेका छन् : अध्यक्ष प्रचण्ड
बैठकले आफ्ना सांसदलाई संसद्मा अनिवार्य उपस्थितिका लागि ह्विप जारी गरेको पार्टी नेता एवं संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । नेपालको पूर्वाधार विकास र जनताको समृद्धिका पक्षमा एमसीसी रहेको जनाउँदै उक्त पार्टीले विगतका पक्षमा वकालत गर्दै आएको छ । लोसपा संसदीय दल १३ सदस्यीय छ ।
प्रतिक्रिया