×

सत्ता उल्ट्याउन षडयन्त्र भइरहेका छन् : अध्यक्ष प्रचण्ड

images

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रचण्डले प्रतिक्रान्तिकारीहरुले सत्ता उल्ट्याउन कैयन षडयन्त्र रचेको उल्लेख गरेका छन् । तर ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुने उनको भनाइ छ । 

एमसीसी सम्झौतालाई लिएर कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर सम्वाद बढाएपछि प्रचण्डले सरकार टुटाउने प्रयास भइरहेको धारणा आएको हो । 

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोशिस गर्छन् । अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ। उनीहरुले कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। तर हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं,’ उनले भनेका छन् ।

बुधबार ११ फागुन २०७८ ०४:२७ PM मा प्रकाशित

प्रतिक्रिया