×

आजको मौसम

images

काठमाडौं ।  आज देशका धेरै ठाउँमा सामान्य बदली र केही ठाउँमा सामान्यदेखि मध्यमखालको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । तर मनसुन न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकोले ठूलो पानी पर्ने सम्भावना भने नरहेको महाशाखाले दैनिक बुलेटिनमा उल्लेख गरेको छ ।

न्यूनचापीय रेखा उत्तर अर्थात् नेपालतर्फ सर्दा ठूलो पानीको सम्भावना रहन्छ । आज दिउँसो कर्णाली र सुदुरपश्चिम प्रदेशका केही बाँकी प्रदेशको पहाडी भू–भागका केही ठाउँमा मेघ गर्जनसहित सामान्य वर्षाको सम्भावना छ । 

भरे राति पहाडी भू–भागका केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । भोलि रातिदेखि भने देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

 

आइतबार​ ६ असोज २०८१ ०८:४१ AM मा प्रकाशित

प्रतिक्रिया