×

खोलामा डुबेर काका र भतिजको ज्यान गयाे

images

 अर्घाखाँचीको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएकाे छ ।

शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने शीतखोलामा माछा मार्ने क्रममा डुबेर काका र भतिजकाे ज्यान गएकाे हाे । 

डुबेर प्युठान नौबहिनी गाउँपालिका-८ फोप्लीका ५० वर्षीय नुमाराम घर्ती र उहाँका दाजुका छोरा १२ वर्षीय शमुलाल घर्तीको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले बताउनुभयो । 

जिल्ला अस्पताल अर्घाखाँचीमा पोष्टमार्टम गरी शव आफन्तको जिम्मा लगाइएको उहाँले बताउनु भयाे । 

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ। 

आइतबार​ ८ जेठ २०७९ ०१:४० PM मा प्रकाशित

प्रतिक्रिया