काठमाडौं । कमलपोखरीस्थित शानदार मःमः पसलमा ग्यास लिक भई आगलागी हुँदा घाइते भएमध्ये थप एकजनाको मृत्यु भएको छ ।
गत माघ २३ गते कमलपोखरीको शानदार म:म पसलमा भएको आगलागीमा परी घाइते भएका काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको गए राति कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो ।
लामा सहित आगलागीमा घाइते भएका चार जनाको मृत्यु भइसकेको र घाइते सात जनाको उपचार भइरहेको छ प्रहरी उपरीक्षक बोहोराले जनाउनु भयो । यसअघि उदयपुरको उदयपुरगढी–७ का २२ वर्षीय प्रदीप तामाङ, मकवानपुरको मनहरी गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुर कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगरको उपचारका क्रममा मृत्यु भइसकेको छ ।
प्रतिक्रिया