×

केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै, स्मिथ्सवर्गमा गोली लागेर ३ जनाको मृत्यु

images

मेरिल्याण्डको स्मिथ्सवर्गमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ ।  एउटा कारखानामा भएको गोली काण्डमा उनीहरूको मृत्यु भएको हो ।  राज्यका एक सैनिक अधिकारीलाई काँधमा गोली लागेको मेरिल्याण्ड गभर्नर ल्यारी होगनले बताएका छन् ।

गभर्नरले आक्रमणकारीबारे जानकारी नभएको जनाएका छन् । आक्रमणकारीले उत्तरी मेरिल्याण्डमा रहेको सोलुम्बिया मेसिन कारखानामा गोली चलाएको थियो ।

वासिङ्टनको प्रहरी कार्यालयले बिहीबार दिउँसो करिब २:३० बजे बाल्टिमोर शहरबाट करिब ७५ माईलटाढा स्मिथ्सबर्गको कोलम्बिया मेसिनमा गोली चलेको बताएको छ ।

गत केही वर्षयता संयुक्त राज्य अमेरिकाभर बन्दुक हिंसा बढ्दै गएको छ । कोभिड–१९ महामारीको कारणले आर्थिक र सामाजिक अवरोधहरूदेखि लिएर २०२० को चुनावमा भएको अशान्ति, बढ्दो बन्दुकको बिक्रीका कारण धेरै नरसंहारका घटना भएका हुन् । 

यो वर्ष  देशमा बन्दुक हिंसाका कारण एक हजार ७०० सयभन्दा बढी मारिएका वा घाइते भएका छन् ।  उक्त अवधिमा अमेरिकामा  कम्तिमा एकसय १० गोलीबारी भएका छन् । 

शुक्रबार​ २७ जेठ २०७९ ०६:२२ PM मा प्रकाशित

प्रतिक्रिया