जिल्ला समन्वय समिति दैलेखको प्रमुखमा कांग्रेसका बागी उम्मेदवार नमराज शाही विजयी हुनुभएको छ । ११ पालिकाका प्रमुख/उपप्रमुख गरी २२ जना मतदातामध्ये १३ मत पाएर शाही विजयी हुनुभएकाे हाे । प्रमुखमा कांग्रेसकी उम्मेदवार दुर्गाकुमारी श्रेष्ठले नाै मत पाउनुभयाे ।
सत्ता गठबन्धनमा कांगेसका नाै, माओवादी केन्द्रका दुई र एकीकृत समाजवादीका एक गरी १२ मतदाता रहेकामा कांग्रेसका असन्तुष्ट तीन जनाले बागी उम्मेदवारलाई मत दिएपछि शाही विजयी हुनुभएको हो ।
कांग्रेसका असन्तुष्ट तीन जनाको मत थपिएपछि जिसस उपप्रमुखमा एमालेका उम्मेदवार केशवबहादुर शाही ११ मत ल्याएर विजयी हुनुभयाे । उपप्रमुखमा नेकपा एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गर्नुभयाे ।
बाँकी सात सदस्यमा एकमा स्वतन्त्र उम्मेदवार र ६ मा गठबन्धन विजयी भएकाे छ ।
कांग्रेसबाट आठबीस नगरपालिका ७ को वडा सदस्यमा निर्वाचित पार्टीका जिल्ला उपसभापति नमराज शाहीले दिएको स्वतन्त्र उम्मेदवारी खारेजीका लागि निर्वाचन आयोगमा उजुरी परेको थियाे । तर आयोगले यरबाेरमा पछि निर्णय लिने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयले तोकेको कार्यक्रमअनुसार बिहीवार चुनाव भएको हो ।
प्रतिक्रिया