काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय कलाकार बाबा पाख्रिनलगायतका व्यक्तिहरुलाई पार्टीमा स्वागत गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पर्सा–काठमाडौं सम्पर्क समन्वय समितिद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेलाई स्वागत गर्दै उनले उत्पिडित वर्गको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
उनले भने, ‘एकचोटी सबैले हाम्रो वर्गका लागि, समुदायका लागि, उत्पिडित वर्गका लागि एवम जाति सबैको पहिचान र अधिकारको निम्ति एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ।’
उनले बाबा पाख्रिन र उनको नेतृत्वमा रहेका व्यक्तिहरु पार्टी प्रवेश गरेपछि पर्सामा विजय यात्रा सुरु भएको समेत बताए। साथै कलाकार बाबा प्राख्रिनले युवाहरु राजनीतिका आउनुपर्ने धारणा राखे।
प्रतिक्रिया