×

नबिल बैंकको सिइओमा ज्ञवाली नियुक्त

images

काठमाडौँ- नबिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा मनोज कुमार ज्ञवाली नियुक्त भएका छन् ।

बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । प्रमुख कार्यकारी अधिकृत हुनु अघि उनी नबिल बैंकमै नायव प्रमुख कार्यकारी अधिकृत थिए। गत चैतमा उनलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो। 

उनी चार्टर्ड एकाउन्टेन्ट समेत हुन्। दुई दशकदेखि ज्ञवाली बैंकिङ क्षेत्रमा छन्। ज्ञवाली बैकिङ क्षेत्रमा स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । उनले नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तहमा नेतृत्वदायी भूमिकामा रही बैंकिङ क्षेत्रको अनुभव बटुलीसकेका छन् ।

सीएसमेत रहेका ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा २६ वर्ष लामो अनुभव छ ।

ज्ञवालीको कुशल र सक्षम नेतृत्वमा आगामी दिनमा नबिल बैंक लिमिटेडले विभिन्न वित्तीय सूचकाङ्कहरूमा अग्रणी स्थान हासिल गर्दै थप उचाइ प्राप्त गर्ने आशा गरिएको छ ।

बिहीबार २३ जेठ २०८२ १२:१६ PM मा प्रकाशित

प्रतिक्रिया