बुटवल । महेन्द्र राजमार्गअन्तर्गत दाउन्ने सडक खण्ड अवरुद्ध भएको छ । माटो बोकेको एउटा गाडी फसेका कारण शनिबार साँझबाट पूर्व-पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार राति साढे ६ बजे ध्यू खोला नजिक गाडी फसेका कारण दाउन्ने सडकखण्ड दुईतर्फी नै अवरुद्ध भएको हो । दुम्कीवासबाट बर्दघाटतर्फ जाँदै गरेको बा प्र ०३ ००१ ख २१५८ नम्बरको मालवाहक गाडी फसेका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीले नारायणगढबाट बुटवलतर्फ जाने मालवाहक र लामो गाडी कावासोतीमा रोकिदिएको छ । लगातारको बर्षाका कारण सडक चिप्लो भएर दाउन्नेमा गाडी फस्ने र लामो जाम हुने भइरहेको छ ।
प्रतिक्रिया