कतारमा तापक्रम बढेपछि श्रमिकलाई खुला क्षेत्रमा काम गर्न रोक लगाइएको छ ।
कतारको श्रम मन्त्रालयले आज अर्थात् जुन १ देखि १५ सेप्टेम्बरसम्म बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको हो ।
दिउँसोको समयमा अधिक तापक्रम हुने हुँदा श्रमिकलाई तापक्रमजन्य समस्या आउन नदिन कतार सरकारले खुला क्षेत्रमा काम गर्न रोक लगाएको हो ।
कुनै कम्पनीले सरकारको यो निर्णय नमानी आफूलाई काम लगाएको कतारको श्रम मन्त्रालयमा उजुरी दिन सकिन्छ । अथवा बिहान १० बजेदेखि दिउँसोको साढे तीन बजेसम्म खुला क्षेत्रमा काम लगाएमा कतारमा रहेको नेपाली दूतावासमा पनि आफ्नो समस्या भन्न सक्नुहुन्छ ।
प्रतिक्रिया