काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । नेपाल भने फेरि उपविजेतामा सिमित भयो । साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशले खेलको ८०औं मिनेटमा गोल गर्दै २-१ को अग्रता लिएको थियो ।
यसअघि बंगलादेशले नेपालविरुद्ध १-० गोलको अग्रता लिएकोमा नेपालले केहि मिनेटमै गोल गरेर खेल बराबरी गरेको थियो ।
खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १-० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन् । त्यसपछि भने नेपालले गोल फर्काउन सकेन।
योसँगै नेपालले लगातार दास्रो पटक नेपाललाई पराजित गर्दै उपाधि जितेको छ।
प्रतिक्रिया