काठमाडौँ । नेपालीहरूको महान् चाड तिहारको बिदापछि शुक्रबार पहिलो पटक खुलेको सुनचाँदी बजारमा पहेँलो धातुको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार शुक्रबार सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ ले घटेर २ लाख ७१ हजार ७ सय रुपैयाँ कायम भएको छ।
तिहार बिदा सुरु हुनुअघि कात्तिक २३ गते सोमबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। बिदाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढाव र भारी गिरावटको प्रत्यक्ष असर शुक्रबार स्थानीय नेपाली बजारमा देखिएको महासंघले जनाएको छ।
प्रति १० ग्राम सुनको मूल्य कति ?
तोलामा १२ हजार ६ सय रुपैयाँले घटेसँगै प्रति १० ग्राम छापावाल सुनको मूल्य पनि घटेर २ लाख ३२ हजार ९ सय ४० रुपैयाँ मा झरेको छ। तिहार बिदाअघि प्रति १० ग्राम सुन २ लाख ४३ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउमा पनि गिरावट
सुनसँगै शुक्रबार चाँदीको मूल्यमा पनि उल्लेखनीय गिरावट आएको छ। महासंघका अनुसार तिहार बिदाअघिको तुलनामा चाँदी प्रतितोला १५५ रुपैयाँ ले घटेर ३ हजार ७ सय रुपैयाँ मा झरेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, प्रति १० ग्राम चाँदीको मूल्य घटेर ३ हजार १ सय ७२ रुपैयाँ निर्धारण गरिएको छ। तिहारलगत्तै बिहेको सिजन (मङ्सिर) नजिकिँदै गर्दा सुनचाँदीको भाउमा आएको यो ठुलो गिरावटले आम उपभोक्ता र गहना खरिदकर्तालाई ठुलो राहत मिलेको व्यवसायीहरूले बताएका छन्।
प्रतिक्रिया