काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सन्तोष परियार र राप्रपाका सांसद रोशन कार्कीले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।
सांसद परियारले सत्तारुढ दलहरुले उपसभामुखलाई हटाउन प्रहसन गरेको आरोप लगाउदै रास्वपालाई निषेध गर्न खोजेको आरोप लगाउदै यस्तो गर्न कसैले नसक्ने बताए । उनले उपसभामुखको अवमुल्यन नगर्न चेतावनी दिए । त्यस्तै राप्रपा सांसद कार्कीले उपसभामुखलाई महाभियोग लगाउने प्रयासको विरोध गरेकी छन् ।
रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
प्रतिक्रिया