×

बढ्यो देश भर चिसो

images

काठमाडौं । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार दिउसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै राति लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

यता काठमाडौं  उपत्यकासहित देशभर चिसो बढ्दो छ । आइतबार बिहान ५ : ४५ बजे काठमाण्डु उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस मापन भएको महाशाखाले जनाएको छ । शनिबार यहि समयमा उपत्यकाको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो ।

आइतबार​ २९ मंसिर २०८२ ११:४० AM मा प्रकाशित

प्रतिक्रिया