×

अध्यक्ष प्रचण्डको प्रतिवेदन केन्द्रीय कमिटी बैठकबाट पारित (पूर्णपाठसहित)

images

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति बैठक समाप्त भएको छ । गत पुस २१ गतेदेखि सुरु भएको बैठकले विभिन्न १६ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक तथा साङ्गठनिक र समसामयिक प्रस्ताव पेश गरेका थिए । उक्त प्रस्तावमाथि एक सयभन्दा धेरै सदस्यहरुले धारणा राखेका थिए । प्रचण्डले पेश गरेको प्रस्ताव पारित गर्दै बैठक समापन गरिएको हो ।

बैठकले नेपाल बिद्युत प्राधिकरण, त्रिभुव विश्वविद्यालयलगायतका सार्वजनिक संस्थानहरु, र कर्मचारीतन्त्रमा सरकारले हस्तक्षेप गरेको निष्कर्ष निकालेको छ । चरम राजनीतिक हस्तक्षेपको तीब्र विरोध गर्दै स्वेच्छाचारी क्रियाकलाप बन्द गर्नसमेत बैठकले जोडदार माग गरेको छ ।

त्यस्तै, शासन र सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको सरकारी उदासिनताप्रति माओवादीले चिन्ता ब्यक्त गरेको छ । भ्रष्टाचार नियन्त्रणलगायत सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारसँग मागसमेत गरेको छ ।

देशका विभिन्न भागमा देखिएका सीमासम्बन्धि समस्याहरू समाधानका लागि कुटनीतिक पहल थप प्रभावकारी बनाउनसमेत माओवादीले माग गरेको छ ।

अध्यक्ष प्रचण्डले केन्द्रीय समितिका सदस्यहरूले दिएका सुझावको आधारमा प्रतिवेदनलाई परिमार्जन गरिने बताएका छन् । केन्द्रीय समिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय सदस्यका लिखित सुझावलाई पनि बैठक हलमा मौखिकरुपमा राखेको जसरी नै ध्यान दिइने जानकारी दिए ।

उनले बैठकमा सदस्यहरूले आफूले सोचे भन्दा पनि व्यवस्थित ढंगले प्रतिवेदनमाथि छलफलमा भाग लिएको बताए ।  बैठकलाई समापन गर्दै उनले छ महिना अभियानमा गएर असारमा केन्द्रीय समिति बैठक आयोजना गरी अहिलेको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदलेर महाधिवेशनको तयारीमा जाने घोषणा गरे । अभियानबाट व्यापक रूपमा जनताको सुझाव आउने भएकाले छ  महिने अभियान पनि अन्ततः विशेष महाधिवेशनकै तयारी हुने उनले बताए । 

माघ महिनाभरि अभियानको तयारी गरेर फागुन १ गते जनयुद्ध मनाएर हुलाकी र पूर्वपश्चिम राजमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै चैतभरि तयारी गरेर वैशाख महिनाभरि हिमाली र मध्यपहाडी क्षेत्रलाई मध्यनजर गरी मध्य पहाडी लोकमार्गमा जनतासँग माओवादी अभियान सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले सबै नेताहरूले जिम्मेवारी पाउने गरी कार्ययोजना प्रस्ताव पारित गरेको छ । सबै नेता पालिका र वडासम्म पुग्ने गरी केन्द्रीय कार्यालयले सबै नेताहरूको एक हप्ताभित्र कार्यविभाजनलाई  अन्तिम रूप दिने र माघको पहिलो सातासम्म सर्कुलर गरिने अध्यक्ष प्रचण्डले जानकारी दिए ।

पाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय समितिको छैठौ
पूर्ण बैठक ९पौष २१/२३,२०८१० मा प्रस्तुत
समसामयिक प्रस्तावहरु
यो बैठक,
१.संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र राष्ट्रिय स्वाधीनताका निम्ति नेपाली जनताद्वारा संचालित ऐतिहासिक जनयुद्ध, संयुक्त जनआन्दोलन, मधेश आन्दोलन लगायतका राजनीतिक एवम सामाजिक आन्दोलनहरुका क्रममा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता, घाइते अपाङ्गप्रति उच्च सम्मान प्रकट गर्दछ र उहाँहरुका आदर्शलाई पछ्याउदै अगाडी बढ्ने दृढ संकल्प व्यक्त गर्दछ।

२.हालै कीर्तिशेष हुनुभएका हाम्रो पार्टीका केन्द्रीय सदस्य नेपाल सरकारका पुर्व मन्त्री पदम राई (भोजपुर), जेष्ठ कम्युनिस्ट मंचका केन्द्रीय सदस्य पार्वती दुलाल (कन्चनपुर), लक्ष्मण यादव (सप्तरी), तुलसा बुढाथोकी (रूकुम पश्चिम) र इन्द्रविलाश पौडेल (चितवन) प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ तथा राष्ट्र, जनता, आन्दोलन र पार्टीको हितमा उहाँहरुले पुर्याउनु भएको योगदानप्रति कदर एवं सम्मान ब्यक्त गर्दछ ।

३.गत मङ्सिर १५ गते सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा बिजयी हुनुहुने नेकपा माओवादी केन्द्रका सबै सदस्यहरु सहित नेकपा (माओवादी केन्द्र) संगको सहकार्यमा बिजयी सबैलाई, हार्दिक बधाई ज्ञापन गर्दछ र उक्त निर्वाचनमा सहयोग, समर्थन र मतदान गर्ने प्रति आभार व्यक्त गर्दछ।

४. सार्वभौम संसदलाई छलेर अध्यादेसमार्फत राज्य संचालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृतिको, घोर बिरोध गर्दछ र तत्काल संघीय संसद र प्रदेशसभाहरुको हिउँदे अधिवेशन आव्हान गर्न सरकारसँग जोडदार माग गर्दछ । साथै, संघियताको कार्यान्वयन र मौलिक हकको कार्यान्वयनसंग सम्बन्धित निजामती सेवा, संघीय प्रहरी ऐन, बिद्यालय शिक्षा लगायतका प्रस्तावित बिधेयकहरु तत्काल पारित गर्न ध्यानाकर्षण गराउँदछ ।

५.सरकारको तर्फबाट नेपाल बिद्युत प्राधिकरण, त्रिभुव विश्वविद्यालय लगायतका सार्वजनिक संस्थानहरु, र कर्मचारीतन्त्रमा भैरहेको चरम राजनीतिक हस्तक्षेपको, तीब्र बिरोध गर्दछ र यस प्रकारका स्वेच्छाचारी क्रियाकलाप बन्द गर्न जोडदार माग गर्दछ ।

६. शान्ति प्रक्रियाका बाँकी कामहरु सम्पन्न गर्ने सन्दर्भमा देखिएको सरकारी उदासिनताप्रति, आपत्ति प्रकट गर्दछ र तत्काल सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका नागरिकहरुको छानबिन सम्बन्धि आयोगहरुको गठन प्रक्रिया अगाडि बढाइ शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्न जोडदार माग गर्दछ ।

७. जनताको दैनिक उपभोग्य बस्तुहरुमा भएको मूल्यबृद्धिको कारण जनजीवन थप कष्टप्रद बन्दै गएको अवस्थाप्रति, चिन्ता व्यक्त गर्दछ र तत्काल मूल्यवद्धि नियन्त्रण गर्न सरकारसंग जोडदार माग गर्दछ । र, किसानहरुले उत्पादन गरेको कृषि उपजको न्युनतम समर्थन मूल्य । तोक्न तथा औपचारिक क्षेत्रका श्रमिकहरुको ज्याला वृद्धिका साथै अनौपचारिक क्षेत्रमा कार्यरत मजदूरहरुको न्युनतम ज्याला निर्धारण गर्न सरकारसंग जोडदार माग गर्दछ ।

८.हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र सम्वृद्धिको लक्ष्य हासिल गर्न बजेटमा प्रस्तावित त्रिभुज आर्थिक परियोजना, दलित समुदायको संबिधानप्रदत्त अधिकार कार्यान्वयनका लागि प्रस्तावित दलित बिशेष प्राधिकरण स्थापना, द्वन्दबाट प्रभावित जनताका लागि अघि सारिएको शान्ति कोष, प्रवासबाट स्वदेश फर्किएर उद्यमशीलता प्रवद्र्वनको उद्देश्य राखेर बजेटमा उल्लेखित रिटर्नी उद्यमशीलता कार्यक्रम, रेमिट हाईड्रो, कैलालीको गेटामा सहिद दशरथ चन्द स्वास्थ्य बिज्ञान विश्वबिद्यालयको स्थापना, कर्णाली, हिमाली क्षेत्रको समृद्धिलगायत दूरगामी महत्वका आयोजनाहरुलाई तत्काल कार्यान्यन गर्न जोडदार माग गर्दछ।

९.उपत्यका लगायतका बाढी प्रभावित जिल्लाहरुमा अस्थायी आवास् सहित निजि आवासहरु, सरकारी कार्यालयहरु तथा बिद्यालय भवनहरुको पुनर्निर्माण तथा पुनस्र्थापनाको काम यथाशिघ्र अगाडी बढाउन जोडदार माग गर्दछ । गत बर्ष जाजरकोट र बझांग केन्द्रबिन्दु भई गएको भूकम्पबाट प्रभावित जिल्लाहरुमा अस्थायी आवास निर्माणको अन्तिम किस्ताको भुक्तानी गर्ने व्यवस्था अहिलेसम्म नहुनु सरकारको गैर जिम्मेवारिपूर्ण व्यवहार नभएको ठहर गर्दछ र तत्काल भूकम्प प्रभावित क्षेत्रहरुमा पुनर्निर्माण तथा पुनस्र्थापनाको काम यथाशिघ्र अगाडी बढाउन जोडदार माग गर्दछ। साथै, यो बैठक, जलवायु परिवर्तनको प्रभावसँगै तराई मधेसका जिल्लाहरुमा बढ्दो सितलहर र हिमाली जिल्लाहरुमा हिमपातको कारण उत्पन्न हुन सक्ने जोखिमबाट सुरक्षित रहन आम जनसमुदायसँग विशेष अपिल गर्दछ र प्रकोपको जोखिम, रोकथाम र न्यूनीकरणका लागि आवश्यक तयारी तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गर्दछ साथै जलवायु परिवर्तनका असरहरूको व्यवस्थापनमा हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको अन्तर्राष्ट्रिय पहलकदमी र राष्ट्रिय कार्ययोजनाको प्रभावकारि कार्यान्वयनको माग गर्दछ ।

१०. सहकारी ठगी कारवाही सन्दर्भमा सत्ता गठबन्धन निकट व्यक्तिहरुलाई संरक्षण गर्ने सरकारको पूर्वाग्रहपूर्ण, र भेदभावपूर्ण रवैयाको बिरोध गर्दछ । सहकारी क्षेत्रमा देखिएको अनियमितता र ठगीको निस्पक्ष छानबिन गरी दोषी उपर कानुनी कारवाही गर्न र सहकारी पिडितडहरुको बचत रकम फिर्ता गर्ने व्यवस्था मिलाउन तथा लघुवित्त पीडितहरूका माग सम्बोधन गर्न जोडदार माग गर्दछ ।

११. सुशासन र सार्वजनिक सेवा प्रवाहको क्षेत्रमा देखिएको सरकारी उदासिनताप्रति चिन्ता ब्यक्त गर्दछ र भ्रस्टाचार नियन्त्रण लगायत सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारसंग माग गर्दछ ।

१२. सामन्तवादको पीडादायी अवशेषको रुपमा रहेको मिटरब्याजको समस्या समाधान गर्न कानुन निर्माण, उच्चस्तरीय आयोग गठन र जिल्ला प्रशासन कार्यालयहरुमा मिटरब्याज पिडितहरुलाई सम्मिलित गरी सहजीकरण समिति गठन मार्फत हाम्रो पार्टी नेतृत्वको सरकारले अघि बढाएको छानविन र न्याय निरुपणको काम बन्द भएकोमा गम्भीर आपत्ति प्रकट गर्दछ । हाम्रो पार्टी मिटरब्याज पिडितहरुलाई न्याय दिने कार्यलाई अघि बढाउन सरकार संग जोडदार माग गर्दछ र पिडितहरुको पक्षमा निरन्तर संघर्ष गरिरहने दृढ प्रतिवद्दता ब्यक्त गर्दछ ।

१३. प्यालेस्टेनी जनताको आत्मनिर्णयको अधिकार सहितको स्वतन्त्र एवम सार्वभौम राज्यको मागलाई, उचित ठहर गर्दछ र संयुक्त राष्ट्र सङ्घको दुई राज्य समाधानुको प्रस्तावलाई समर्थन गर्दछ । इजरायलबाट गाजा क्षेत्रमा भइरहेको नरसंहारको भर्त्सना गर्दै पश्चिम एशिया र मध्यपूर्व लगायत विभिन्न क्षेत्रमा बढ्दै गैरहेको तनाव प्रति गहिरो चिन्ता व्यक्त गर्दछ । वार्ता द्वारा शान्तिपूर्ण ढंगले समस्या समाधानको लागि सम्बद्ध सबै पक्षलाई आव्हान गर्दछ साथै हमास समूहको कब्जामा रहेका विपिन जोशीको रिहाई एवं मध्यपुर्व लगायतका ठाउमा रहेका लाखौ नेपालीहरुको सुरक्षाको सुनिस्चितताको लागि थप कुटनीतिक पहल बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ ।

१४. देशका विभिन्न भागमा देखिएका सीमा सम्बन्धी समस्याहरू समाधानका लागि कुटनीतिक पहल थप प्रभावकारि बनाउन माग गर्दछ।

१५. देशका बिभिन्न क्षेत्रमा महिला तथा बालबालिकामाथि भएका हिंसाका घटनाको भत्र्सना गर्दछ । दोषीहरुमाथि कडा कारवाही, पीडितहरुको कानुनी उपचारको सुनिश्चिता तथा महिला एवं बालबालिकामाथि हिंसा अन्त्य गर्न सरकारसँग माग गर्दछ।

१६. बेलायती सेनामा माम गरेका नेपालीहरूले लामो समयदेखि समान तलब, समान पेन्सन र सुविधाका लागिफउठाउम्हुँदै आएको मागप्रति ऐक्यबद्धता व्यक्त गर्दछ । साथै बेलायत सरकारसँग कुटनीतिक पहल गर्न सरकारसँग माग गर्दछ ।

मङ्गलबार २३ पुस २०८१ ०७:०७ PM मा प्रकाशित

प्रतिक्रिया