×

३ सयले घट्यो सुनको मुल्य 

images


काठमाडौँ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

बुधवार १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीवार ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य भने वृद्धि भएको छ । 

बुधबार १ हजार ३६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
 

बिहीबार १६ चैत २०७९ ११:५० AM मा प्रकाशित

प्रतिक्रिया