×

देशभर १५ प्रतिशत रोपाइँ सम्पन्न

images

काठमाडौं– मनसुन चाँडै सक्रिय हुँदा यस वर्ष मुलुकभर वर्षे धानको रोपाइँ चाँडै सुरु भएको छ । कृषि विभागको तथ्यांक अनुसार हालसम्म देशभर १५.६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ ।

अहिलेसम्म देशभर २ लाख १७ हजार २८९ हेक्टर क्षेत्रफलमा धान रोपिएको छ । यस आर्थिक वर्ष २०८२÷८३ मा कुल १३ लाख ९५ हजार २०७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।

तथ्यांक अनुसार सबैभन्दा धेरै रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ, जहाँ ४५.५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसपछि कर्णाली प्रदेशमा ३९.१ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशीमा १४.३ प्रतिशत, गण्डकीमा १३.८ प्रतिशत, लुम्बिनीमा ९.७ प्रतिशत र मधेश प्रदेशमा ३.९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गत वर्षको यही समयमा १७.२ प्रतिशत रोपाइँ भइसकेको थियो। यो वर्ष समग्रमा रोपाइँको गति केही ढिलो देखिएको हो । गत आर्थिक वर्ष २०८०÷८१ मा १४ लाख २० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा रोपाइँ भएको थियो। सो वर्ष धान उत्पादनमा पनि ४ प्रतिशत वृद्धि भएको थियो ।

आइतबार​ १५ असार २०८२ ०७:४६ PM मा प्रकाशित

प्रतिक्रिया