×

राजतन्त्र ,गणतन्त्र र स्वराज्य- मेलमिलाप

images

केशवप्रसाद चौलागाईं 
पुर्व राजा ज्ञानेन्द्र शाहबाट फाल्गण ७ को अबसरमा वाचन गरिएको सन्देशमा मुलकका लागि एकपल्ट साथ दिन आह्वान गरे संगै देशका विभिन्न भागका साथै काठमाडौंमा पनि वहाको आगमनका अबसरमा विशाल जनप्रदर्शन गरिएको थियोे । चैत्र १५ गते काठमाडौ  तिनकुनेमा भएको भिडन्त ले हिंसाको रुप लिइ दुइजनाको ज्यान जानुका साथै धेरै घाइते हुन पुगे। पुनः २०८२ जेष्ठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा ले मुलुकलाई  अनिश्चितता तर्फ लगेको देखिन्छ ।  द्वन्द्व व्यवस्थापन का दृष्टिकोणले गणतन्त्रको विकल्पमा उठेको आवाजलाई शान्तिपूर्ण रुपान्तरण गर्ने उपायहरु पहिल्याउनु आबश्यक ठान्दछु।पक्ष विपक्ष को कुरा भन्दा पनि समाधानका उपाय खोज्नु महत्त्वपूर्ण ठान्द्छु।संबिधान संशोधन अगावै शुरु भएको जनदबाब लाई समय अगावै सम्बोधन गर्न निम्न उपाय र क्षेत्र उपयुक्त रहेकाछन।
१. स्थानीय सरकार र उपलब्धि :  स्थानीय सरकारले गरेका बिकास निर्माण तथा सेवा सुविधा लाई जनताका माझ लग्दै उपयुुक्त काम भइरहेको दर्शाउने।वित्रचित्र,लेख,अनुसन्धान ,अन्तरक्रिया ,गोष्ठी र महोत्सवको आयोजना गर्ने।
2. निम्न कार्यक्रम हरु नागरिक समाज,जनप्रतिनिधि हरुको सहभागितामा आयोजना गर्ने।
क) स्थानीय सरकार : संबैधानिक व्यवस्था र लोकतान्त्रिक अबधारणा।
ख) न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र ।
ग) स्थानीय तह: कार्यसम्पादन तथा सुशासन ।
घ) लोकतन्त्रको सम्बर्द्धन मा वित्त आयोग।
ङ) जातीय छवाछुत उन्मुलनमा धार्मिक क्षेत्र को भूमिका ।
च) सम्पदा र शान्ति ।
छ) संस्कृति ,स्वराज्य र समाजवाद 

ज) सहकारी र संस्कृति : द्वन्द्व रुपान्तरण का आधार ।
झ) द्वन्द्व रुपान्तरण र शान्ति स्थापनामा धर्म तगा अध्यात्मिक क्षेत्र को भूमिका ।
उपरोक्त कार्यक्रम हरु प्रत्येक स्थानीय तहमा आयोजना गर्दै नमुना स्थानीय तह घोषणा गर्ने।
कतिपय नगरपालिका मा स्थानीय प्राथमिकता का आधारमा थप कार्यक्रम पनि आयोजना गर्ने ।
क) महालक्ष्मी नगरपालिका ,ललितपुर ।ऋषि पर्यटन र रामायण ।स्वराज्य पुजन तथा यात्रा ।
ख) काठमाडौं महानगरपालिका ।पशुपतिनाथ र विश्वव्यवस्था।
ग) ललितपुर महानगरपालिका ।दशमहाविद्धा भ्रमण तथा पुजन।

कागेश्वरि मनोहरा नगरपालिका ।स्वराज्य भागवत।

उपरोक्त कार्यक्रम ले तीन तहको शासकीय स्वरुप समृद्धि को मार्गचित्र स्पष्ट हुनेछ।धार्मिक भावनाको कदर हुन गई धार्मिक मुद्दा पनि समझदारीमा रुपान्तरण हुनेछ ।लोकतन्त्र र समृद्धि मा जनताको सहभागिता र योगदान स्पष्ट हुन गई उग्र बिरोध ,घृणापुर्ण अभिव्यक्ति हट्न गई प्रत्येक जनप्रतिनिधि हरु सकृय भइ जनतालाई आकर्षित गर्नेछन् ।प्रधानमन्त्री ,ठुला नेताको मुख ताक्नु साटो आफै समस्या समाधमा लाग्नेछन।आन्दोलन को नेतृत्व गरेकाहरु संग पुर्वराजा  ज्ञानेन्द्र शाह को जुम्लामा गरिएको सम्बोधन का आधारमा सम्वादका लागि आह्वान गर्दै निकासका लागि प्रयास गर्दा सकारात्मक परिणाम आउनेछ । जनतामा निराशा धेरै देखिन्छ ।भिजिट भिसा बिषयमा उठेको प्रश्नमा गृहमन्त्रीको समेत राजिनामा माग्दै बजट अधिबेशन नै प्रभावित हुन सक्ने लक्षण लाई मध्यनजर गर्दै सम्वादका लागि पनि पहल गर्दा उपयुक्त हुने  ठानेका छौ।
 

बिहीबार १६ जेठ २०८२ ०४:२४ PM मा प्रकाशित

प्रतिक्रिया