काठमाडौं । काठमाडौंमा जारी राजावादी प्रदर्शनबाट दुई जना प्रहरीले नियन्त्रणमा लिएकाे छ । केहीबेर अघि मात्रै घुसपैठ भएको भन्दै दुई जनालाई रत्नपार्कबाट प्रहरीको जिम्मा लगाइएको हो ।
राजसंस्था पुनर्स्थापना लगायतका माग राख्दै राजावादीले आज काठमाडौंमा आन्दोलन गरिरहेका छन् । उपत्यकाका विभिन्न ७ ठाउँबाट जुलुस भृकुटीमण्डप पुगेको छ । प्रदर्शनमा सशस्त्र प्रहरीका झन्डै दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । बिहीबार मध्यान्ह २ बजेपछि प्रदर्शन गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले राजावादीलाई अनुमति दिएको थियाे ।
प्रतिक्रिया