काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दाको पेसी न्यायाधीशद्धय सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको हो।
थापाविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो। उक्त मिुद्दाउपर आज सुनुवाई हुने भएको हो । थापाविरुद्ध अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका हुन् ।
थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा सर्वोच्च अदालतले ‘डिल’ गरेको दाबी गर्दै भनेका थिए, ‘अहिले सम्मानीत अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयलाई दुईरतीन वर्षदेखि तँलाई हान्दिऊँ भनेर झुलाएर राखेको छ। कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याई-नभ्याई भन्छ। कहिले भोलि हेर्ने भन्छ। त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ।’
सेन्टर फर डेमोक्रेसी संस्थाले आयोजना गरेको एक दिवसीय अन्तरक्रियालाई सम्बोधन गर्दै सर्वोच्च अदालतले डिल गरिरहेको भनेर तर्साउन खोजेको भन्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया