काठमाडौं । बझाङको मासदेव क्षेत्रलाई केन्द्र बनाएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
आज एकैदिन बझाङ र कास्कीमा फरक-फरक समयमा तीन वटा भूकम्पको धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
यसअघि आज बिहान ११ बजेर ५६ मिनेट जाँदा कास्की फूलिबाङ आसपास क्षेत्रमा ४।४ र दिउँसो १२ बजेर ५० मिनेट जाँदा कास्कीकै अन्नपूर्ण क्षेत्रमा ४।१ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया