×

सुरक्षा निकायलाई सवल बनाउन आन्तरिक तथा बाह्य चुनौती बढेको छ- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकका सबै सुरक्षा निकायलाई सवल, सक्षम, सुदृढ र व्यवसायिक बनाउन आन्तरिक तथा बाह्य चुनौतीहरु बढेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजीत राष्ट्रिय सुरक्षा तालिमको समापन कार्यक्रममा बोल्दै उनले सीमा विवाद, जलवायु परिवर्तन, विश्व आर्थिक मन्दी र त्यसको प्रभावमा पनि सुरक्षा चुनौती रहेको बताएका हुन् । 

‘वर्तमान समयमा विभिन्न सुरक्षा चुनौतीको सामना गर्नु परिरहेको छ। देशको भू–राजनैतिक अवस्थिति, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय रुपमा शक्ति राष्ट्रहरुको सामरिक सामर्थ्यको बढोत्तरी, प्रतिष्पर्धा एवं प्रभाव, सीमा विवाद, जलवायु परिवर्तनको साथै आन्तरिक रुपमा विद्यमान रहेको राजनीतिक जटिलता, विश्व आर्थिक मन्दी र त्यसको राष्ट्रिय प्रभाव, राष्ट्रिय एकता र सुरक्षामाथि प्रहार गर्न खोज्ने अतिवादी एवं पृथकतावादी सोच, दक्ष जनशक्तिको पलायन, खुला सीमाना र त्यसले निम्त्याउन सक्ने आपराधिक गतिविधिहरु लगायतका चुनौतीहरु आज हामीले एकसाथ सामना गर्नुपरिरहेको छ।

’ राजनीति, सामाजिक, आर्थिक एवं भौगोलिक लगायत अन्य सबै पक्षको समग्र सुरक्षा नै राष्ट्रिय सुरक्षा हो,भन्दै उनले यसको आयाम सैनिक शक्तिलाई मात्र आधार बनाएर नहुने उनको भनाई छ ।  प्रत्येक राष्ट्रले आ–आफ्नो मूल्य–मान्यता र मूल नीतिमा आधारित रहेर राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रयासरत रहने गर्दछ । त्यसैले यसको लागि नेपाल सरकार लगाएत सम्पुर्ण निकाएहरु सशक्त हुनुपर्ने बताएका छन् । 
 

मङ्गलबार १४ चैत २०७९ ०३:१८ PM मा प्रकाशित

प्रतिक्रिया