काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दलका नेताको कार्यकक्षमा हुने बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने बताइएकाे छ । शनिबार नै प्रतिनिधि सभा बैठक पनि बस्दैछ ।
प्रतिक्रिया