×

बढ्यो सुनको मूल्य

images

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ । आज सुन एक हजार ३०० रुपैयाँ बढेर कारोबार हुँदैछ ।

स्थानीय बजारमा सुन प्रतितोला एक लाख ७४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंले जानकारी दिएको छ । बुधबार सोही परिमाणको सुन एक लाख ७३ हजार ५०० रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदी पनि ३० रुपैयाँ बढेर दुई हजार २० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।
 

बिहीबार १३ चैत २०८१ ११:३१ AM मा प्रकाशित

प्रतिक्रिया