काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरूलाई दर्ता गराउन आग्रह गरेको छ ।
गत निर्वाचनमा निर्वाचित भएका विभिन्न तहका केही पदहरू रिक्त भएका कारण उपनिर्वाचन हुँदैछ । कात्तिक दोस्रो साता उपचुनाव गर्ने निर्वाचन आयोगको तयारी छ । तर, मिति घोषणा भने भइसकेको छैन । आयोगले यसैका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको हो ।
आयोगले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचनको मिति घोषणा भएपछि सो निर्वाचनको प्रयोजनका लागि नाम दर्ता गर्न पाइने छैन भनेर जानकारीसमेत दिएको छ ।
प्रतिक्रिया