×

धनुषा ३ बाट एमालेकी जुली महतो विजयी

images

धनुषा ३ मा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन्। उनले पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९६६९ मतान्तरले पराजित गरेकी हुन्।

जुलीले जम्मा ३३३५५ मत पाइन् भने अनिल झाले २३६८६ मत ल्याएका छन्। समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन्।

शुक्रबार​ ९ मंसिर २०७९ ०८:३६ AM मा प्रकाशित

प्रतिक्रिया