×

एमालेले समानुपातिकमा कटायो १० लाख मत

images

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसमातर्फ समानुपातिकमा १० लाख मत कटेको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६४० मत प्राप्त गरेको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ७८ हजार ६३१ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्र भने ४ लाख ४२ हजार १३२ मतसहित चौथो स्थानमा छ । पाँचौं स्थानमा रहेको राप्रपाले अहिलेसम्म २ लाख ५५ हजार ७५१ मत प्राप्त गरेको छ । जसपा नेपाल भने एक लाख २८ हजार ३५ मतसहित छैटौँ नम्बरमा छ ।  त्यस्तै जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।

शुक्रबार​ ९ मंसिर २०७९ १०:३६ AM मा प्रकाशित

प्रतिक्रिया