×

गोरखाबाट विकास र समृद्धिको नयाँ अभियान थाल्छु : प्रचण्ड

images

गोरखा – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रमाणपत्र बुझेका छन्।

images

एमालेले समानुपातिकमा कटायो १० लाख मत

काठमाडौं । नेकपा एमालेको प्रतिनिधिसमातर्फ समानुपातिकमा १० लाख मत कटेको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्...

गोरखा २ बाट फराकिलो मतान्तरले विजयी भएका उनले आज प्रमाणपत्र बुझेका हुन्। उनलाई जिल्ला निर्वाचन अधिकृतले प्रमाणपत्र हस्तान्तरण गरेका थिए। अध्यक्ष प्रचण्डले आफूले चुनावअघि गरेको वाचा पूरा गर्ने प्रतिबद्धता गरेका छन् । गोरखा २ बाट भारी मतले निर्वाचित भएपछि प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले गोरखाबाट विकास र समृद्धिको नयाँ अभियान थाल्ने बताए ।

images

प्रतिनिधिसभामा माओवादीले जितेका १२ सिट, ६ मा अग्रता (सूचीसहित)

प्रतिनिधिसभाका १६५ प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहान १० बजेसम्म ११८ ठाउँको नतिजा आइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुरामा विवादका कारण गणन...

उनले भने, ‘हामीले गोरखाबाट विकास र समृद्धिको नयाँ-नयाँ अभियान थाल्ने प्रतिबद्धता व्यक्त गरेका छौं । त्यही प्रतिबद्धताअनुसार अघि बढ्ने विश्वास दिलाउन चाहन्छु । जनताले दिएको मतलाई सम्मान गर्दै सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्छु ।’ प्रचण्डले प्रमाणपत्र बुझ्ने कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि उपस्थित थिए। नेकपा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई उपस्थित भएनन्।

images

यी हुन् कांग्रेस विजयी ३८ निर्वाचन क्षेत्र, १८ अग्रता ? (सूचीसहित)

नेपाली कांग्रेसले  प्रतिनिधिसभातर्फ ३८ स्थानमा विजय हासिल गरेको छ । यस्तै १८ स्थानमा अग्रता कायमै छ ।  कांग्रेसले जितेका निर्वाचन...

गोरखा २ बाट प्रचण्डले उम्मेदवारी मनोनयन दर्ता गर्ने बेला बाबुराम पनि सँगै गएका थिए। त्यसबेला प्रचण्ड, बाबुराम र नारायणकाजी श्रेष्ठ सँगै थिए। तर, यसपटक प्रचण्ड र श्रेष्ठ मात्रै पुगे। बाबुराम गएनन्। आफ्नी छोरी मानुषी प्रतिनिधिसभा सदस्यमा निर्वाचित नभएकाले पनि उनी नगएको बुझिएको छ।

शुक्रबार​ ९ मंसिर २०७९ १२:४८ PM मा प्रकाशित

प्रतिक्रिया