प्रतिनिधिसभामा माओवादीले जितेका १२ सिट, ६ मा अग्रता (सूचीसहित)

    images

    प्रतिनिधिसभाका १६५ प्रत्यक्षतर्फका निर्वाचन क्षेत्रमध्ये शुक्रबार बिहान १० बजेसम्म ११८ ठाउँको नतिजा आइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुरामा विवादका कारण गणना सुरू हुन सकेको छैन । 

    नेकपा माओवादी केन्द्रले १२ सिटमा जित दर्ता गराएको छ ।  महोत्तरी १ बाट गिरिराजमणि पोखरेल, हुम्लाबाट छिरिङ डम्डुल लामा, नुवाकोट १ बाट हितबहादुर तामाङ, कालिकोटबाट महेन्द्र बहादुर शाही, बारा २ बाट शिवचन्द्र प्रसाद कुशवाहा, सर्लाही २ बाट महिन्द्र राय यादव अग्रस्थानमा रहेका छन् ।  । सत्ता गठबन्धनबाट ४० भन्दा बढी सिटमा उम्मेदवारी दिएको माओवादीको पक्षमा कमजोर नतिजा देखिएको हो । 

     

    माओवादीबाट विजयी उम्मेदवार यी हुन्-


    पुष्प कमल दाहाल प्रचन्ड–गोरखा २
    वर्षमान पुन– रोल्पा
    जनार्दन शर्मा– रुकुम पश्चिम
    शक्ति बहादुर वस्नेत– जाजरकोट
    राम कुमार राई– खोटाङ
    अमन लाल मोदी– मोरङ ४
    माधव सापकोटा– सिन्धुपाल्चोक १
    सुदन किराती– भोजपुर
    लेख नाथ दाहाल– सिन्धुली २
    रेखा शर्मा– दाङ २
    देवेन्द्र पौडेल– बाग्लुङ २
    पूर्ण बहादुर घर्ती मगर– रुकुम पूर्व

    शुक्रबार​ ९ मंसिर २०७९ १०:५७ AM मा प्रकाशित

    प्रतिक्रिया