×

देउवाले बोलाए पदाधिकारी बैठक

images

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । भोलि (सोमबार) विहान ९ बजे आफ्नो निवास बुढानिलकण्ठमा बस्नेगरि सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

बैठकमा पार्टीको क्रियाशिल सदस्यताको विवाद समाधान गर्ने भनिएको छ। यस्तै, गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा नाम मुछिएको आरोप लागेर राजीनामा मागिएको छ । पार्टीकै नेताहरुलेपनि राजीनामा दिनुपर्ने मत राखेकोले यो विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने बताईन्छ ।

आइतबार​ १२ जेठ २०८२ १२:३२ PM मा प्रकाशित

प्रतिक्रिया